काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको थियो । उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै महँगो हो । सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५९७.६९ अमेरिकी डलर र चाँदी ८५.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया