टी२० विश्वकप : टीसिएलले गर्यो दोस्रो चरणका विजेता सार्वजनिक


काठमाडौँ । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसिएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन्। उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टीसिएल क्यूएलईडी टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च टीसिएल नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

कम्पनीका अनुसार टिसीएल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरिअल डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान सुविधा दिइएको छ । त्यस्तै, टिसीएल इयर कन्डीटिनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टिसिएल टेलिभिजन खरिदमा एनईटीटिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ। साथै, नागरिताको आधारमा ईएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने भ्हअजबलनभ अफर समेत लागू गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।