बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप संकलन गर्दैछ । अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप संकलन गर्न लागेको हो ।

केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार, निक्षेप संकलनका लागि आज मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सुरु हुनेछ । यसमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

यो ८४ दिने निक्षेप संकलन उपकरणको आउँदो चैत २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यही प्रणाली मार्फत केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।