काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । सुनको भाउ आज एकैदिन ४ हजार २०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ऐतिहासिक विन्दुमा पुगेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेसँगै रेकर्ड कायम गरेको हो ।
सोमबार चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो । आइतबार प्रतितोला चाँदी ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६६७.३१ अमेरिकी डलर र चाँदी ९३.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया