काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरिएको छ । जसअनुसार भाग्यमानी ४६ हजार ६८१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।
यसरी बाँडफाँड गर्दा शेष रहेको ७ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँड गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।
कम्पनीको एफपिओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो।












प्रतिक्रिया