ईडीएफ जाम्बोरी नेपालद्वारा बहुगन्तव्य एडमिसन डे २०२६ घोषणा


काठमाडौँ । ईडीएफ जाम्बोरी नेपालले बहुप्रतिक्षित बहुगन्तव्य एडमिसन डे २०२६ आयोजना गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रम सोमबार, फेब्रुअरी २०२६ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।

यस अन्तर्राष्ट्रिय शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि उपस्थित रहनेछन्। विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि एकै स्थानमा विभिन्न देशका शैक्षिक अवसरबारे जानकारी लिन सकिने यो कार्यक्रम विशेष अवसरका रूपमा रहनेछ।

कार्यक्रम विद्यार्थी, अभिभावक, काउन्सेलर तथा शैक्षिक पेशेवरहरूलाई लक्षित गरी आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा अध्ययनपछिको रोजगारीसम्बन्धी अवसरबारे स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन्।

बहुगन्तव्य एडमिसन डे २०२६ ले विद्यार्थीहरूलाई वर्षभरि फरक–फरक देशका मेलामा धाउनुपर्ने झन्झटबाट मुक्त गर्दै एकै दिनमै विभिन्न देशका विश्वविद्यालयहरू तुलना गर्ने, अध्ययन खर्च बुझ्ने तथा भविष्यको करियरबारे निर्णय लिन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमको मूल भाव झल्काउने नारा “सबैको सुरुवात यहीँबाट” ले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्राको प्रारम्भ यही कार्यक्रमबाट हुने सन्देश दिन्छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।