काठमाडौँ । मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी २.०३ प्रतिशत घटेर ५ करोड ८७ लाख रुपैयाँमा कायम भएको छ ।
त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले बढेर ५३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेर १९ करोड १२ लाख रुपैयाँमा कायम भएको छ ।
पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ।
पुस मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३९।८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।
चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया