काठमाडौँ । माविलुङ्ग इनर्जी लिमिटेडको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ। सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि फागुन ८ गते सकिने भएको हो । कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणका लागि शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको शेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।
शेयरहरूको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ। लकइन अवधि समाप्त भएपछि यी शेयरहरू दोस्रो बजारमा सर्वसाधारण शेयर सरह कारोबारका लागि योग्य हुनेछन्।
माविलुङ्ग इनर्जीले यसअघि नेपाल धितोपत्र बोर्डबाट २०८२ असार १ मा शेयर निष्कासनको अनुमति पाएको थियो। कम्पनीको शेयर रजिस्ट्रारको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्दै आएको छ।










प्रतिक्रिया