चुनावी माहोल तात्दा पनि लगानीकर्ताले एकैदिनमा गुमाए १६ अर्ब रुपैयाँ


काठमाडौँ । चुनावी माहोलमा उचालिएको सेयर बजार आज(बुधबार) ‘करेक्सन मुड’ मा देखिएको छ । पछिल्ला केही दिन यता चुनाव हुने संकेत देखिएपछि निरन्तर उकालो लागेको सेयर बजार बुधबार भने ‘करेक्सनको मुड’ मा देखिएको हो ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन हुने अवस्था देखिएपछि पछिल्ला केहीदिन यता तिव्र रुपमा बढेको सेयर बजारमा बुधबार करेक्सन देखिएको हो । बुधबार सेयर बजार परिसूचक नेप्से ९.४३ अंकले घटेर २७०५.३८ अंकमा ओर्लिएको हो ।

बुधबार कुल ३२४ कम्पनीका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयरहरु ८९ हजार ७६६ पटक किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ हाराहारीको सेयर किनबेच भएको छ ।

निर्वाचन आयोगले माघ ६ गते साझसम्म प्रतिनिधि सभा सदस्यका उम्मेद्वारहरुको मनोनयन दर्ताका लागि अन्तिम मिति तय गरेको थियो । सोही अनुसार सबै राजनितिक दलहरुले देशभरका हरेक निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता सकिएपछिको पहिलो कारोबार दिनमा सेयर बजार परिसूचकमा सामान्य गिरावट आएको हो । यो गिरावटलाई करेक्सनका रुपमा लिएका लगानीकर्ताले बजार अझै बढ्ने अपेक्षा गरेका छन् ।
बुधबार ३२४ कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये कालिका पावर कम्पनी र नारायणी डेभलपमेण्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, कुमारी सवल योजना, लक्ष्मी उन्नती कोष, पिपुल्स पावर, घलेम्दी हाइड्रो, उपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, मन्दु हाइड्रोपावर, बिकास हाइड्रोपावर कम्पनी र रिभर फल्स पावरको सेयर मूल्य धेरै बढ्नेको सूचीमा शीर्ष १० मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा गुरास लघुवित्त पहिलो स्थानमा रहेको छ । बुधबार गुराँस लिघुवित्तको सेयर मूल्य ६ प्रतिशतले घटेर २ हजार ९१ रुपैयाले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा मञ्जुश्री फाइन्यान्स, एचएलआई लार्च क्याप फण्ड, आरबीबी फोकस, एनएमबी, दोर्दी खोला जलविद्युत, नेपाल रिपब्लिक मिडिया, अपर स्याङ्गे आइड्रोपावर, सिर्जनशील लघुवित्त र बन्दिपुर केबलकार रहेका छन् ।

यसैगरी, सबैभन्दा धेरै रकमको सेयर किनबेच हुने कम्पनीमा आँखुखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । आँखुखोला हाइड्रोको ४३ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा एनआरएन इन्फाइन्ट्रसन एण्ड डेभलपमेण्टको ३५ करोड ५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा पनि आँखुखोला हाइड्रो नै रहेको छ । आँखुखोला हाइड्रोको ४३ करोड ३६ लाख रुपैयाँ सेयर किनबेच हुँदा एनआरएन इन्फाइन्ट्रसन एण्ड डेभलपमेण्ट फण्ड ३५ करोड ५ लाख ९१ हजार रुपैयाँको करारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा हिमालयन रिइन्स्योरेन्सले बाजी मार्दा चाथो स्थानमा यूनाइटेड मोदी हाइड्रोपावर रहेको छ । पाँचौ स्थानमा राधी विद्युत कम्पनी रहेकोमा छैटौँ स्थानमा बुटवल पावर कम्पनी रहेको छ । उल्लेखित कम्पनीहरुको सेयर मूल्य २ करोड ६० लाखदेखि ४३ करोडसम्मको सेयर कारोबार भएको हो ।

बुधबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । मंगलबार ४५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४५ खर्ब ४२ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक दिनमा १६ अर्ब रुपैयाँले घटेको हो । यस अर्थमा मंगलबारको तुलनामा देशभरका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको मनोनयन ट्र्गो लागेसँगै लगानीकर्ताले एकैदिनमा आफ्नो सम्पती १६ अर्ब रुपैयाँभन्दा बढीले घटेको पाएका हुन् । मंगलबार समग्र बजार पुँजीकरण ४५ खर्ब ५८ अर्ब रुपैयाँ थियो । बुधबार बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण पनि ४५ खर्ब ४२ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्ला एक साताको गतिविधि हेर्दा चुनावी माहोल तातिएसँगै सेयर बजार उकालो लाग्दै गर्दा बुधबार बजारको सिद्धान्त अनुसार सामान्य करेक्सन देखिएको हो । निर्वाचन आयोगको निर्णय र राजनितिक दलहरुको उत्साहजनक मनोनयन र सहभागिताले फागुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचन हुने सम्भावना छ ।

यसो भएको खण्डमा सरकारी खर्च बढ्ने, सामान्य आर्थिक क्रियाकलाप बढ्ने हुँदा त्यसको सिधा असर सेयर बजार मात्र नभई अन्य क्षेत्रमा पनि पर्ने देखिन्छ ।

अहिले सेयर बजारका कारोबारी तथा लगानीकर्ताहरुले यसको भरपुर फाइदा लिइरहेका छन् भने सामान्य लगानीकर्ता पनि यस्तो फाइदा लिनबाट बञ्चित हुन नहुने अवस्था देखिएको छ ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।