साताको अन्तिम कारोबार दिन ९ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ अंकमा पुगेको हो ।

बिहीबार कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयरहरु ९४ हजार १७४ पटक किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार ३३२ कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र त्रिसुली हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, रवा इनर्जी, झापा इनर्जी, बन्दिपुर केवलकार, श्री इन्भेष्टमेन्ट फाइन्यान्स र ट्रेड टावरको सेयर मूल्य धेरै बढ्नेको सूचीमा शीर्ष १० मा परेका छन् ।

त्यसैगरी, बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा पनि आँखुखोला हाइड्रो रहेको छ । आँखुखोला हाइड्रोको ४० करोड ८२ लाख ५६ रुपैयाँको सेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख ६९ हजार रुपैयाँको करारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एसवाई प्यानल नेपाल रहेको छ । चौथो स्थानमा बन्दिपुर केबलकार र पाँचौ स्थानमा श्रीनगर एग्रीटेक रहेको छ । उल्लेखित कम्पनीहरुको सेयर मूल्य २४ करोड ९७ लाखदेखि ३२ करोडसम्मको सेयर कारोबार भएको हो ।

बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४५ खर्ब ४२ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४५ खर्ब ५७ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक दिनमा १५ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।