एसियन हाइड्रोपावरको ‘लक–इन’ अवधि फागुन १३ गते सकिँदै


काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडको संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको (लक(इन) शेयरको अवधि आगामी फागुन १३ गते समाप्त हुने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को व्यवस्था बमोजिम सार्वजनिक निष्कासन गरिएको शेयर बाँडफाँट भएको मितिले तीन वर्ष पूरा भएपछि लक(इन अवधि स्वतः समाप्त हुने जानकारी दिएको हो।

सूचना अनुसार आगामी २०८२ फागुन १३ गतेदेखि कुल २५ लाख ७६ हजार ८०० कित्ता शेयर फुकुवा हुनेछ। संस्थापक शेयरधनीहरूहरुले २२ लाख २० हजार कित्ता सेयरको लकइन अवधि सकिएको छ भने संस्थाका कर्मचारीहरूको १६ हजार ८०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको ३ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि सकिएको छ ।

यो अवधि समाप्त भएपछि उल्लेखित शेयरधनीहरूले आफ्नो शेयर दोस्रो बजारमा अन्य साधारण शेयर सरह खरिद(बिक्री गर्न पाउनेछन्।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।