सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज (सोमबार) पनि वृद्धि भएको छ । आइतबार रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ ।

आज सुन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दा चाँदी २८० रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन आइतबार ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो ।

यस्तै, आइतबार रेकर्ड बनाएको चाँदीको मूल्यले सोमबार फेरी रेकर्ड तोडेको छ । आज चाँदी प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ६५ अमेरिकी डलर र चाँदी १०७.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।