हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता शेयर बिक्री गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर


काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हिमालयन पावर पार्टनरको ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले दिएको जानकारीअनुसार, २०८२ माघ ११ गते बेलुका बसेको’सम्पत्ति, दायित्व तथा लगानी सल्लाहकार उपसमिति’को सिफारिसका आधारमा यो निर्णय लिइएको हो। कम्पनीले शेयरहरू नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमार्फत प्रचलित नियम अनुसार बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।