काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा ४२ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ मा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयरहरु १ लाख ४२ हजार ४७६ पटक किनबेच हुँदा १४ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ३३३ कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सप्तकोशी डेभलप्मेन्ट बैंक, दरमखोला हाइड्रो र माया खोला हाइड्रोको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, सर्पोट माइक्रोफाइन्यान्स, रिभर फल्स पावर, सानिमा ग्रोथ, सुपर माई हाइड्रो, भिजन लुम्बिनी उर्जा र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य धेरै बढ्नेको सूचीको शीर्ष १० मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा ओम मेघाश्री फर्मास्युटिकल्स पहिलो स्थानमा रहेको छ । मंगलबार ओम मेघाश्रीको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा ट्रेड टावर, झापा इनर्जी, थ्री स्टार हाइड्रो र माउन्टेन हाइड्रो रहेका छन् ।
त्यस्तै, मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा राधी विद्युत कम्पनी रहेको छ । राधी विद्युतको ५७ करोड ८५ लाख १६ हजार रुपैयाँको सेयर किनबेच हुँदा एसवाई प्यानलको ५७ करोड ६८ लाख ३८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आँखुखोला हाइड्रो रहेको छ भने चौथो स्थानमा ङादी ग्रुप र पाँचौ स्थानमा बन्दिपुर केबलकार रहेको छ ।
मंगलबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । सोमबार ४६ खर्ब ४९ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४५ खर्ब ७७ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक दिनमा ७२ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया