नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्रीमा


काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह अन्तर्गत रहेको शेयर लिलाम बिक्रीमा राखिएको छ। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक समूह तर्फका कुल २१ लाख ७१ हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

कम्पनीले उक्त शेयरका लागि न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेको छ। लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यस लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका विद्यमान संस्थापक शेयरधनीहरूसहित प्रचलित कानुन बमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुनेछन्। साथै, लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने जनाइएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।