काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर निष्कासन भएको एक घण्टा नपुग्दै बन्द भएको छ । सि–आस्बा प्रणालीमा प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँ हुनुपर्नेमा सफ्टवेयरमा भएको त्रुटीको कारण प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँ हुनगएकोले बन्द गरिएको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कम्पनीको सेयरमा १०ः०५ सम्म १६ हजार ९८९ जनाले २ लाख ८४ हजार ४३० कित्ताको लागि आवेदन दिएका थिए । आवेदन दिएकाहरुको आवेदन स्वीकृत हुने वा पूनः भर्नुपर्ने भन्ने बारेमा छलफल हुन बाँकी रहेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।













प्रतिक्रिया