काठमाडौँको बानेश्वर स्थित कात्यानी चोकमा खुल्यो ‘करेन्ट मार्ट’


काठमाडौँ । काठमाडौँको बानेश्वर स्थित कात्यानी चोकमा ‘करेन्ट मार्ट’ खुलेको छ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको हो ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए ।

साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए ।

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतले विशेष उपस्थिति जनाएका थिए । साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि राम्रै उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।