काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । साेमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेको हो ।
साेमबार सेयरबजारमा ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११४ कम्पनीका सेयरमूल्य बढेको छ भने १३४ कम्पनीको सेयरमूलयमा गिरावट आएको छ । साेमबार कुल १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ ।
आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० अंकमा पुग्दा कारोबार रकम ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ पुगेको थियो ।
सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये विकास बैंक, होटेल तथा पर्यटन, उत्पादनशील, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका परिसूचकमा गिरावट आएको छ ।
एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्ड्रष्टिज तथा हिमस्टार उर्जा कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स तथा शिवश्री हाइड्रोपावरका सेयरधनी रहेका छन् ।












प्रतिक्रिया