काठमाडोँ । नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ुभ्यालेन्टाइन डेु लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ुभ्यालेन्टाइन अफरु सार्वजनिक गरेको छ।
हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ुएभरेष्ट एक्सपेरियन्सु उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ। यस योजना अन्तर्गत जोडीहरूले १४,२६५ रुपैयाँमा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन्।
काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।
उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ।
बुद्ध एयरले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेमिल जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर प्रदान गर्न यो प्याकेज ल्याएको जनाएको छ ।
यस अफरका सिटहरू सीमित भएकाले इच्छुक यात्रुहरूले समयमै आफ्नो टिकट सुरक्षित गर्न बुद्ध एयरले अनुरोध गरेको छ। टिकट बुकिङका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकैको सेल्स काउन्टरमा सम्पर्क गर्न सकिने बुद्ध एयरले जनाएको छ।












प्रतिक्रिया