पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी कुल २७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेकी थिइन् । उद्घाटनको क्रममा अध्यक्षज्यूले बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्स सम्वन्धि यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने आशय व्यक्त गरे । उनले, कार्यसम्पादन मुल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएको ७ जना कर्मचारीहरु रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौल, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्र सहित सम्मान गरेकी थिइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा, दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इण्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको बताउनु भयो, साथै वहाँले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ती शुद्धिकरण सम्वन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए।
उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलीजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआई सम्वन्धि विस्तृत गहन प्रशिक्षण प्रदान गरेका थिए ।












प्रतिक्रिया