संघमा वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गरी छलफल


मोरङ । मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई संघमा स्वागत गरी औपचारिक भेटघाट तथा छलफल गरेको छ ।

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानिया लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आज वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय मनोजकुमार दास र आशिष कुमार लाठको नेतृत्वमा विराटनगर आई पुगेको टोलीलाई स्वागत गरेको हो ।

भेटघाटका क्रममा आपसी सद्भाव, सहकार्य र पारस्परिक सम्बन्ध विस्तारका विषयमा विचार–विमर्श गरिएको थियो । सो अवसरमा संघका उपाध्यक्ष अनिल सारडाले विशेषगरी विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज जस्ता प्रमुख आर्थिक कोरिडोरमा संलग्न उद्योगी तथा व्यवसायीहरुले अन्य क्षेत्रको तुलनामा जमीनीस्तरका व्यवहारिक समस्याहरु बढी भोग्नु परिरहेको उल्लेख गर्दै त्यस्ता साझा समस्याहरुको समाधानका लागि मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संघ–संस्थाहरुले संयुक्त रुपमा सरकार समक्ष सशक्त दबाब सृजना गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रका समस्याहरुको उठान तथा समाधानका लागि निरन्तर गर्दै आएको नेतृत्वदायी भूमिका र पहल प्रशंसनीय रहेको बताएका थिए । साथै उनले उद्योगी–व्यवसायीहरुको साझा हितका विषयमा आवश्यक सबै सहकार्य र पहलका लागि आफ्नो संघ सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका र्थिए ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।