इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले गत माघ २१ गते सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटीको उद्घाटन गरेको छ। यससँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको छ।
उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिका प्रबन्ध निर्देशक शान्त राज बतास तथा भीई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै सीएनआई र एफएनसीसीआईका प्रतिनिधि, अटोमोबाइल संघका सदस्य, बैंकर, एमएडब्लू ग्रुप, बीएमसीभी र भीईसीभिका लिडरशिप टिम, ग्राहकवर्ग तथा व्यवसायिक साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अतिथिहरूलाई स्वागत गर्दै एमएडब्लू इन्टरप्राइजेज प्रालिका उपाध्यक्ष हेमन्त पुराणिकले भने, “रामधुनीरइटहरीमा नयाँ थ्रीएस फ्यासिलिटी सुरु गरेर हामीले यो महत्वपूर्ण बजारमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाएका छौं। यस मार्फत् ग्राहकहरूलाई विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर सेल्स सर्भिस र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं।” फ्यासिलिटीबारे जानकारी दिँदै उनले इटहरी टिमलाई ग्राहकसमक्ष औपचारिक परिचय पनि गराए ।
नव उद्घाटित फ्यासिलिटी दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टर सहित सञ्चालनमा आएको छ, जसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्नेछ।
फ्यासिलिटीको प्रशंसा गर्दै रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले भनिन्, “यस आधुनिक डिलरशिपको स्थापना यहाँको स्थानीय आर्थिक विकासका लागि महत्वपूर्ण कदम हो। यसले स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको आर्थिक तथा अटोमोबाइल क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरेको छु। यस्ता लगानीहरूले समुदायमा दिगो विकास र सीप विकासलाई टेवा पुर्याउँछ।”












प्रतिक्रिया