काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६ महिनाको अवधिमा २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ०.२४ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क २२.५२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो यही अवधिसम्म कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ थियो ।
कम्पनीले चालु वर्षको पुससम्म ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.२२ प्रतिशतले बढेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२६ रुपैयाँ कायम भएको छ । पीई रेसियो ५१.१८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ। कम्पनीको शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ६३ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ८९ लाख रुपैयाँ थियो ।












प्रतिक्रिया