काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.३९ अंकमा पुगेको छ । सोमबार ३२४ कम्पनीका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयरहरु १ लाख २ हजार २८१ पटक किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ अंकमा पुग्दा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार सबै समूहमा गिरावट आएको छ ।
सोमबार खानीखोला आइड्रो र रिडी पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, लाइबर्टी इनर्जी, नेश्नल हाइड्रो र त्रिशुली हाइड्रोको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
यता, मायाखोला हाइड्रोको सेयर मूल्य ५.४० प्रतिशतले घटेको छ । माबिलुङ इनर्जी, कालिन्चोक दर्शन, नेपाल माइक्रोफाइन्यान्स र सुपर माई पावर हाइड्रोको ४ प्रतिशत हाराहारीमा घटेको छ ।
कारोबार रकमको आधारमा रिडी पावर ७७ करोड १९ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । त्यस्तै, एसवाई प्यानल, आँखुखोला हाइड्रो, लाइबर्टी इनर्जी र ङादी ग्रुप शीर्ष पाँचमा परेका छन् ।
सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । आइतबार ४५ खर्ब ३० अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४४ खर्ब ८७ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ४३ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया