काठमाडौँ । भ्यालेन्टाइन डेको चौथो दिन अर्थात् टेडी डे जुन प्रत्येक वर्ष १० फेब्रुअरीमा मनाइन्छ । आज त्यो दिन हो जब दम्पतीहरूले एक अर्कालाई मायासंगै टेडी बियर अर्थात ‘गुडिया’ उपहार दिन्छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ६० करोड बढीको टेडी (गुडिया) भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनामा ६० करोड ३३ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ७९ हजार वटा टेडी आयात भएको छ । उक्त टेडी आयात गर्दा आयातकर्ताले २३ करोड ८५ लाख रुपैयाँ बुझाएको हो । विभागका अनुसार पुस महिनामा मात्र १० करोड ३६ लाख ६४ हजार रुपैयाँको टेडी आयात भएको छ ।
कुन रंगको टेडीको के महत्व छ ?
रातो टेडी मायाको भावना व्यक्त गर्न चाहने व्यक्तिलाई रातो टेडी उपहार दिनुपर्ने विश्वास छ । यसले सम्बन्धलाई भावानात्मक रुपमा बलियो बनाउँछ । गुलाबी टेडीले गुलाबी रंगको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो । यो उपहर भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै दिने गरिन्छ ।
सुन्तला रङको टेडीले रङ खुशी, सकारात्मक सोचको प्रतिक हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्दा सुन्तला रङको टेडी दिन सकिन्छ । नीलो टेडीले आफ्नो जोडीप्रतिको गहिरो प्रेम व्यक्त गर्न नीलो टेडी प्रयोग गर्न सकिन्छ ।
हरियो टेडीले हरियो टेडी भावानात्मक जडान र प्रतिबद्धताको प्रतिक हो । उसको प्रतिक्षामा रहेको आभास दिलाउन हरियो टेडी दिने गरिन्छ । सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सेतो टेडी उपहरमा प्रयोग गर्न सक्छन् । साथै, हरियो रङको टेडीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रंग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ ।
त्यस्तै, पहेँलो रङले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलो प्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।
किन मनाइन्छ ‘टेडी डे’
यसको इतिहास हेर्दा यो पहिलो पल्ट भने फेब्रुअरीमा १५ मा मनाईएको थियो । सन् १९०३ को त्यो दिन न्यूयोर्कको एक क्यान्डी स्टोरका मालिक मोरिस मिचटमले पहिलो पटक आधिकारिक रूपमा टेडी बियर बनाउन थालेका हुन् ।
जुन प्रसंग अमेरिकी राष्ट्रपति थियोडोर टेडी रुजवेल्टका सिकार प्रसङ्गसँग जोडिन्छ । एक पटक सिकार गर्न गएका उनले माया लाग्दो भएकै कारण भालु मार्न सकेनन् । बरु त्यसपछि उनले सिकार नै नगर्ने निर्णय लिए ।
उनको यो दयालुपनालाई लिएर ‘द वासिङ्टन पोस्ट’ मा एउटा तस्वीर छापियो जुन कार्टुनिष्ट क्लिफोर्ड बेरीमेनले बनाएका थिए । यही छापिएको तस्वीर देखेर व्यवसायी मिचटमले भालुको बच्चाको आकारमा एउटा खेलौना बनाए ।
जसको डिजाइन उनकी श्रीमतीले गरेकी थिईन् भने नाम टेडी राखिएको थियो । टेडी नाम राख्नुमा समेत राष्ट्रपति रुजवेल्ट कै हात छ किनभने उनको उपनाम टेडी थियो ।












प्रतिक्रिया