इन्डियन चेम्बर अफ कमर्सद्वारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” आईएमई लाइफ इन्स्योरेन्सले तिन विधामा अवार्ड हातपार्न सफल भएको छ ।
कम्पनीले उत्कृष्ट ग्राहमुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो । यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायकमण्डलले निर्णय गरेको थियो ।
यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी भएका थिए । उनले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे।












प्रतिक्रिया