काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको गिरावट आएको छ । बुधबार नेप्से ०.०४ अंकले घटेर २६६२.०९ अंकमा पुगेको छ । बुधबार ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयरहरु ८२ हजार ४५० पटक किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से १०.२५ अंकले घटेर २६६२.१४ अंकमा पुग्दा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार सबै समूहमा गिरावट आएको थियो ।
बुधबार रिडी पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, सिङ्गटी हाइड्रो, आँखुखोला हाइड्रो, घलेम्दी हाइड्रो र पिपुल्स हाइड्रोको सेयर मूल्य ५ प्रतिशत माथि बढेको छ ।
यता, सुपरमाई हाइड्रोको सेयर मूल्य ६ प्रतिशतले घटेको छ । शुभम् सिमेन्ट, क्रेष्ट माइक्रो लाइफ, सिद्धार्थ इन्भेष्टमेन्ट र नारायणी डेभलेपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशत हाराहारीमा घटेको छ ।
कारोबार रकमको आधारमा रिडी पावर ६५ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । त्यस्तै, आँखुखोला हाइड्रो, सिंगटी हाइड्रो, एसवाई प्यानल र यूनियन हाइड्रा शीर्ष पाँचमा परेका छन् ।
बुधबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । मंगलबार ४४ खर्ब ६९ अर्ब ८० करोड रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४४ खर्ब ६९ अर्ब ७१ करोड रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ९ करोड रुपैयाँले घटेको हो ।












प्रतिक्रिया