काठमाडौँ । विश्वप्रसिद्ध इनरवेयर तथा लाइफस्टाइल ब्रान्ड जकीले काठमाडौँको प्रमुख व्यापारिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस शोरूममा पुरुष, महिला तथा बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू एकै छानामुनि उपलब्ध छन्।
नयाँ शोरूममा इनरवेयर, एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर, थर्मल तथा दैनिक उपभोगका अत्यावश्यक लुगाहरूको विस्तृत संग्रह राखिएको छ। आधुनिक र फराकिलो लेआउटसहित तयार गरिएको स्टोरले ग्राहकलाई सहज र रमाइलो सपिङ अनुभव प्रदान गर्ने विश्वास लिइएको छ भने सही फिटिङ, आराम र शैली सुनिश्चित गर्न प्रिमियम ग्राहक सेवा समेत उपलब्ध गराइएको छ।
शोरूम उद्घाटन समारोहमा चर्चित नायिका प्रियंका कार्कीको विशेष उपस्थिति रहेको थियो। उनले जकी सधैं आराम र आत्मविश्वासको प्रतीक बनेको उल्लेख गर्दै पुतलीसडकको नयाँ एक्सक्लुसिभ शोरूमले उपभोक्तालाई उत्कृष्ट सपिङ अनुभव दिने बताइन्। जकीजस्तो विश्वव्यापी ब्रान्डले काठमाडौँमा प्रिमियम उपस्थिति जनाउनु खुशीको विषय भएको उनको भनाइ थियो।
स्टोर म्यानेजरद्वय मोहित कुमार सिन्हा र गोकुल शर्माले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पुतलीसडकमा जकीको नयाँ शोरूम सञ्चालनमा ल्याउन पाउँदा उत्साहित भएको बताएका छन्। उनीहरूले यस शोरूमले काठमाडौंमा ब्रान्डको बढ्दो उपस्थितिलाई झल्काउने र स्थानीय बजारमा विश्वस्तरीय पहिरन उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
पुतलीसडकस्थित यस नयाँ शोरूमसँगै काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानहरू, जनरल ट्रेड र प्रमुख मोडर्न ट्रेड आउटलेटहरूमा पनि जकीका उत्पादनहरू उपलब्ध रहेको जानकारी दिइएको छ, जसले ग्राहकलाई ब्रान्डसँग अझ नजिक ल्याउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया