काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
यस्तै सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे तथा सञ्चालक दीपक नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ। कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाबाट स्वीकृत गरिएको छ।
सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि एस.ए.आर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ। साथै नियमनकारी निकायबाट प्रस्तावित विषयमा संशोधन वा परिमार्जन आवश्यक परे सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरिएको छ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला के।सी।ले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा अग्रणी बनाउने लक्ष्यसहित शेयरधनीका सुझाव कार्यान्वयन गरिने बताए।












प्रतिक्रिया