काठमाडौँ । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ। उक्त योजना गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी सञ्चालनमा ल्याइएको हो।
१ अर्ब रुपैयाँ बराबरको यस योजनामध्ये प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरका प्रति इकाई १० रुपैयाँका दरले ५ करोड इकाई सार्वजनिक निष्काशन गरिने जानकारी दिइएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाले विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोषको रूपमा पहिचान बनाएको छ।
यसअघि गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष “गरिमा समृद्धि योजना” सफलतापूर्वक सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।












प्रतिक्रिया