बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन


काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१३ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।  बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी सोमबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार  ०९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।