होटल फरेष्ट इनको आईपीओ बाडँफाँड, कतिले पाए ?


काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमबार आईपीओ बाँडफाँड गरेको छ ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरको थियो । कम्पनीले सर्वसाधारणका लागि ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीको सेयरमा २३ लाख ७१ हजार ३१५ जनाले आवेदन दिएका थिए। मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाडँफाँड गरिएको हो । जसअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

 

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।