युनाइटेड अजोडले तोक्यो बुक क्लोज मिति


काठमाडौँ । हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बुक क्लोज मिति तोकेको छ। कम्पनीको २०८१ माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले सो निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ता (१०:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि कम्पनीले आगामी २०८१ फागुन १७ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन् ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।