काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसुचक नेप्सेमा दोहारो अंकको गिरावट आएको छ । आइतबार नेप्से २७.५९ अंकले घटेर २६१४.५५ अंकमा पुगेको छ । आइतबार कारोबारमा आएका ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साताको कारोबार भएको अन्तिम दिन मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार समग्र बजार घट्दा पनि सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.२६ प्रतिशतले बढेको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१७ प्रतिशत, मञ्जुश्री फाइनान्सको सेयर मूल्य ४.४२ प्रतिशतले र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ४.१६ प्रतिशतले बढेको छ ।
यता, बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ भने रिदि पावर कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य ८.२८ प्रतिशत, नारायणी विकास बैंकको सेयर मूल्य ६.९१ प्रतिशत र सागर डिस्टीलरीको सेयर मूल्य ६.२३ प्रतिशतले घटेको छ ।
आइतबार कारोबार संख्याको आधारमा आँखुखोला जलविद्युत आयोजना ६३ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि आँखुखोला जलविद्युत कम्पनी १७ लाख ८२ हजार ९०३ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने एसवाई प्यानल नेपाल ३ हजार ६५१ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।
आइतबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ९८ अर्ब १३ करोड ८१ लाख ७९ हजार रुपैयाँ कायम भएको छ । गत साताको मंगलबार बजार पूँजीकरण ४४ खर्ब ४४ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया