काठमाडौँ । सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन १३ गते बुकक्लोज गर्दैछ।
जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले फागुन १७ गते, आइतबार, लिसरा रिसेप्सन्स् प्रालि, नक्साल, काठमाडौँमा बिहान १० बजे एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट मनोनित गरी रिक्त सञ्चालक पदमा नियुक्ति गरिएको सञ्चालकहरुको अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।












प्रतिक्रिया