६ अंकले बढेको सेयर बजारमा ४ अर्ब १७ करोड कारोबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक (नेप्से) ६.०३ अंकले बढेर २६५४.९३ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३५ कम्पनीका १ करोड ५३ हजार १४५ कित्ता सेयरहरु ४४ हजार २०४ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से १०.३० अंकले बढेर २६४८.९० अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँमा पुगेको थियो ।

बिहीबारको कारोबारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, हिमस्टार उर्जाको सेयर मूल्य ६ प्रतिशतले बढेको छ भने झापा इनर्जी र मोलुङ हाइड्रो पावर सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।

यता, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा १० प्रतिशत नबिल डेभेन्चर पहिलो स्थानमा रहेको छ । बिहीबार १० प्रतिशत नबिल डेभेन्चरको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा श्रीनगर एग्रिटेक, एनएमबी हाईब्रिड फण्ड, सुपर माई हाइड्रो र रिडीपावर कम्पनी रहेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा अपी पावर कम्पनी रहेको छ । अपी पावर कम्पनीकाे ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रो २१ करोड १३ लाख ८९ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एसवाई प्यानल रहेको छ भने चौथो स्थानमा ङ्यादी ग्रुप पावर कम्पनी र पाँचौ स्थानमा रिडी पावर कम्पनी रहेको छ ।

बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४४ खर्ब ५५ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४४ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएकाे छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ११ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।