सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १८४.८५ अमेरिकी डलर र चाँदी ८९.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।