काठमाडौँ । दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले आईपीओ निष्काशनको अनुमति मागेका छन् । दुई जलविद्युत कम्पनीहरूले निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् ।
बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते नै निवेदन दिएको हो भने संयुक्त ऊर्जा लिमिटेडले फागुन ५ गते आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। दुई कम्पनीको गरी कूल २१ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ धितोपत्रको पाइनलाइनमा छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, संयुक्त ऊर्जा लिमिटेडले पनि ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले पाएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्नेछन्।












प्रतिक्रिया