काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३४१ कम्पनीका १ करोड ३१ हजार ९३ कित्ता सेयरहरु ५५ हजार २०६ पटक किनबेच हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार नेप्से ६.०३ अंकले बढेर २६५४.९३ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँमा पुगेको थियो ।
आइतबारको कारोबारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, बाराही हाइड्रो, एनआइबिएल ग्रोथ र गुडवील फाइन्यान्सको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा हिम स्टार उर्जा पहिलो स्थानमा रहेको छ । बिहीबार हिम स्टार उर्जाको सेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, मेघा म्यूचुअल फण्ड, मोलुङ हाइड्रो र वीन नेपाल लघुवित्त रहेका छन् ।
आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा राधी विद्युत कम्पनी रहेको छ । राधी विद्युत कम्पनीले ३६ करोड ५ लाख ३ हजार रुपैयाँको सेयर किनबेच हुँदा अपी पावर कम्पनी ३३ करोड २१ लाख ७५ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा मञ्जुश्री फाइन्यान्स रहेको छ भने चौथो स्थानमा आँखुखोला हाइड्रो र पाँचौ स्थानमा एसवाई प्यानल रहेको छ ।












प्रतिक्रिया