काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार कित्ता सेयरहरु ६१ हजार ३२९ पटक किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार नेप्से १९.२७ अंकले बढेर २६७४.२० अंकमा पुग्दा कारोबार रकम ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँमा पुगेको थियो ।
मंगलबारको कारोबारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रो र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, मोलुङ हाइड्रो र लक्ष्मी लघुवित्तको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा शुभम् सिमेन्ट पहिलो स्थानमा रहेको छ । मंगलबार शुभम् सिमेन्टको सेयर मूल्य करिब ३ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एसबिएल डेभेन्चर, एनआइसी एशिया ऋणपत्र, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ र आरबीबी म्युचूअल फण्ड रहेका छन् ।
मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रो रहेको छ । आँखुखोला हाइड्रोले ३४ करोड ६५ लाख ३० हजार रुपैयाँको सेयर किनबेच हुँदा रिडी पावर कम्पनी २७ करोड ७४ लाख ९७ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एसवाई प्यानल रहेको छ भने चौथो स्थानमा मञ्जुश्री फाइन्यान्स र पाँचौ स्थानमा ङादी ग्रुप पावर रहेको छ ।
मंगलबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । आइतबार ४४ खर्ब ९८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४५ खर्ब ६३ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ६५ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया