समानुपातिकतर्फ २० लाख मत गणना हुँदा १० लाख बढी मत रास्वपाको


काठमाडौँ । समानुपातिकतर्फ करिब २० लाख मत गणना भएको छ । सो मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)१० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।

त्यस्तै नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७ सय ३२, नेकपा एमालेले २ लाख ६९ हजार ७० र नेकपाले १ लाख १८ हजार ९ सय २० मत पाएको छ । राप्रपाले ७३ हजार १ सय ८१, श्रम संस्कृति पार्टीले ४२ हजार ७ सय ८७ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६ सय २४ मत पाएका छन् ।

यस्तै जनता समाजवादी पार्टी नेपालले १३ हजार ६ सय ८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७ सय ५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १ सय २१, जनमत पार्टीले ८ हजार ६ सय ३, नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८ सय ८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५ सय ५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५ सय २५ मत पाएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  ०६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।