दुई घण्टा नहुँदै १३ अर्ब बढीको कारोबार, लगानीकर्ताहरू नाफा बुक गर्नमा केन्द्रित


काठमाडौँ । लगानीकर्ताहरू नाफा बुक गर्नमा केन्द्रित हुँदा सेयर बजार परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेको बजारमा केहि समय पुनः आरोलो लाग्दा १२ः४० मा ७६.९९ अंकले घटेर २७९८.४३ अंकमा पुगेको छ ।

सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २,८७५.४३ बिन्दुमा पुगेको थियो । सोमबार नेप्सेले तीन पटक सर्किट ब्रेकको सामना गर्दै दिउँसो १२ः०१ बजे कारोबार स्थगित गरिएको थियो ।

मंगलबार काराेबार सुरू भएकाे दुइ घण्टा नहुँदै कारोबार अवधिमा ३२२ कम्पनीका ३ करोड २८ लाख ७१ हजार ६०० कित्ता सेयर १३ अर्ब ३२ करोड ७९ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

समग् बजारमा गिरावट आए पनि रिलाइन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।