काठमाडौँ । कारोबार सुरु भएको पहिलो एक घण्टामा सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको उतारचढाव देखिएको छ । सोमबार २८२७.६३ अंकबाट कारोबार सुरु भएकोमा मध्यान १२ बजे नेप्से १२.६३ अंकले घटेर २८१२.२६ अंकमा पुगेको छ ।
एक घण्टाको अवधिमा ३१६ कम्पनीका ७२ लाख ५ हजार २४२ कित्ता सेयर २ अर्ब ७८ करोड ५२ लाख २६ हजार रुपैयाँका किनबेच भएका छन् ।
कारोबारमा आएका सालपा विकास बैंक र सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै होटेल फरेष्ट इनको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।
एक घण्टाको अवधिमा उप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले २० करोड १८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । एसवाई प्यानल नेपालले १७ करोड ३४ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको बजारमा नेशनल हाइड्रोपावर कम्पनीले १५ करोड ७८ लाख ७८ हजार रुपैयाँको कारोबार गरिसकेको छ ।










प्रतिक्रिया