काठमाडौँ । साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार परिसुचक नेप्से र कारोबार रकम दुबै घटेको छ । आज नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा ओर्लिएको हो । अघिल्लो कारोबार दिनकाे तुलनामा आज २ अर्ब ३५ करोड रुपैयाँ कम कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कुल ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयरहरु १ लाख २ हजार ७५९ पटक किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४.९० अंकमा पुग्दा कारोबार रकम १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँमा पुगेको थियो ।
सोमबारको कारोबारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, उपर हेवाखोला हाइड्रो र सोलु हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, होटल फरेष्टको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।
यता, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा सिद्धार्थ इक्विटी फण्ड पहिलो स्थानमा रहेको छ । आइतबार सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा नारायण डेभलपमेन्ट बैंक, ग्रीनफाइफ आइड्रो पावर, लक्ष्मी बैंक डेभेन्चर र माइखोला हाइड्रोपावर रहेका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला हाइड्रो रहेको छ । आँखुखोला हाइड्रोकाे ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको सेयर किनबेच हुँदा नेश्नल हाइड्रोपावर ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा उपर हेवाखोला हाइड्रो रहेको छ भने चौथो स्थानमा एसवाई प्यानल र पाँचौ स्थानमा रिडी पावर कम्पनी रहेको छ ।
सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । आइतबार ४७ खर्ब ५४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४७ खर्ब ४३ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ११ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया