काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा कायम भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४० कम्पनीका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयरहरु १ लाख ६ हजार १४० पटक किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ अंकमा पुग्दा कारोबार रकम ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँमा पुगेको थियो ।
मंगलबारको कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घट्दा १७ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सालपा विकास बैंक, होटल फरेष्ट र शिभश्री हाइड्रोको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा एनआइसी एसिया ग्रोथ फण्ड पहिलो स्थानमा रहेको छ । मंगलबार एनआइसी एसिया ग्रोथ फण्डको सेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा ग्लोबल आइएमई समुनत योजना, सनराइज फस्ट म्यूचुअल फण्ड, कृषि बैंक डेभेन्चर र आरबीबी फोकस रहेका छन् ।
मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिडी पावर कम्पनी रहेको छ । रिडी पावर कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रोको ५१ करोड ७५ लाख ९३ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेश्नल हाइड्रो पावर रहेको छ भने चौथो स्थानमा हिमाल दोलखा हाइड्रो र पाँचौ स्थानमा शिभश्री हाइड्रो रहेको छ ।
मंगलबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ४७ खर्ब ४३ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४७ खर्ब ६६ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा २३ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया