पिपुल्स पावर लिमिटेडले तोक्यो बुक क्लोज मिति


काठमाडौँ ।  पिपुल्स पावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले चैत २९ गते पारीजात पार्टी प्यालेस ( टोखा न.पा वडा नं. ८), जाल्पाचोक, काठमाडौमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले आ.व २०८१-०८२ को सञ्चालक समितिको तर्फबाट पेस हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तय गरेको छ । जसअनुसार १५ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।