काठमाडौँ । २७औँ फ्लोरा एक्स्पोमा १ करोड २२ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले भृकुटीमण्डपमा यही चैत ५ गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् । १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता २९ लाख ५० हजार रुपैयाँ कारोबार भएको थियो ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो ।
मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाइडी ईभी कारसहित कूल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिए ।










प्रतिक्रिया