ज्योति विकास बैंकद्वारा ग्लोबल मनी विकमा कार्यक्रम


काठमाडौँ । ज्योति विकास बैंकले चैत ०२ देखि ०८ गतेसम्म मनाइएको “ग्लोबल मनी विक” अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। “तिम्रो पैसा, तिम्रो भविष्य” नारासहित आयोजना गरिएको उक्त अभियानबाट करिब २ हजार २०० जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन्।

बैंकले विभिन्न शाखामार्फत विद्यालय तथा कलेजहरूमा ३० भन्दा बढी कार्यक्रम आयोजना गर्दै विद्यार्थी तथा युवालाई बैंकिङ सेवा, बचत, लगानी, खर्च व्यवस्थापन, विद्युतीय कारोबार र वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरेको जनाएको छ।

यसका साथै सामाजिक सञ्जाल र प्रभातफेरीमार्फत पनि वित्तीय सचेतना फैलाउने कार्य गरिएको बैंकले जनाएको छ। यस्ता कार्यक्रमले युवालाई सानैदेखि वित्तीय रूपमा सक्षम र सचेत बनाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।