२७ अर्ब ७५ करोड ऋण लिने सरकारको निर्णय


काठमाडौँ । सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट विभिन्न कार्यक्रम गर्न १८५ मिलियन अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन गरी ९० मिलियन सहुलियत ऋण सहयोग लिने निर्णय गरेको हो ।

यसैगरी सरकारले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर ऋण सहयोग लिने निर्णय गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।