काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालज्यूसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि बृद्धि हुने धारणा राखे।
अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजश्व सचिव भूपाल बरालले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफु जानकार समेत रहेको बताए ।
सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत बृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुंदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरे।












प्रतिक्रिया